
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिकसम्मको अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।
कम्पनीले गत आवको यसै अवधिसम्म कमाएको खुद नाफा १ करोड ७० लाख रुपैयाँ रहेको थियो । कम्पनीले गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १९.६३ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी ८ करोड २८ लाख रुपैयाँबाट ३१.३२ प्रतिशतले बढेर १० करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ९ करोड ७२ लाख रुपैयाँबाट बढेर १२ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
यता कम्पनीको सञ्चालन नाफा २ करोड ४२ लाख रुपैयाँबाट बढेर २ करोड ९० लाख रुपैयाँ पुगेसँगै वितरणयोग्य नाफा ५२ लाख रुपैयाँबाट ८४ प्रतिशतले बढेर ९६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८.२७ रुपैयाँबाट बढेर १९.९६ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२४ प्रतिशतबाट बढेर ६.४० प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९१.५१ रुपैयाँ रहेको छ । चुक्ता पुँजी ४० करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३७ करोड रुपैयाँ सञ्चिति रहेको छ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह