
काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आवको असोज मसान्तसम्म बैंकको नाफा २२ करोड ४ लाख ११ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १९ करोड ८२ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले १ अर्ब ६६ करोड ६२ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा ११.२४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ४९ करोड ७८ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ३७ करोड १८ लाख ५४ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सञ्चालन मुनाफा २८ करोड २९ लाख ७१ हजार रुपैयाँ रहेको थियो । १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोषमा ४१ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, बैंकको रिजर्भ कोषमा ८ अर्ब २८ करोड रुपैयाँ सञ्चिति रहेको छ ।
असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४१ करोड ४७ लाख ७८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा ५.४१ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ५.९७ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ १५३.३० रुपैयाँ रहेको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह