
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा आज बस्दैछ । बैंकको १९ औँ साधारणसभा आज होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि बस्दैछ । उक्त सभाले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, केन्द्रीय कार्यालय बालुवाटारमा सार्ने, बैंकको छाप र लोगो फेर्ने, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान र बैंकको प्रबन्धपत्ररनियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक १७ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू बैंकको उक्त साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













समाचार
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने