
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट र शिवम् सिमेन्ट्सको सेयरमूल्य नव–समायोजन गरेको छ।
दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि तोकेको बुकक्लोज मितिअनुसार नेप्सेले परिमार्जित मूल्य निर्धारण गरेको हो। एनआरएनले सिफारिस गरेको ४० प्रतिशत बोनस सेयर तथा शिवम् सिमेन्ट्सले प्रस्ताव गरेको २.५ प्रतिशत बोनस सेयर अनुसार मूल्य घटाएर नयाँ आधार मूल्य कायम गरिएको नेप्सेले जनाएको छ।
समायोजनपछि एनआरएनको सेयर १ हजार ३८२ रुपैयाँ २१ पैसामा झरेको छ भने शिवम् सिमेन्ट्सको मूल्य ६०० रुपैयाँ ३९ पैसा कायम भएको छ। यसअघि बुधबार दोस्रो बजारमा एनआरएनको सेयर १ हजार ९३५ रुपैयाँ १० पैसामा बन्द भएको थियो।
त्यस्तै, शिवम् सिमेन्ट्सको अन्तिम कारोबार मूल्य ६१५ रुपैयाँ ४० पैसा थियो। यही अन्तिम मूल्यलाई आधार बनाएर बिहीबारको कारोबारका लागि समायोजित मूल्य लागू गरिएको हो। एनआरएनले ४० प्रतिशत बोनससहित कर तिर्न २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरिसकेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस ४ गते काठमाडौँको आम्रपाली ब्यान्क्वेटमा बिहान ९ बजे १३औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले बोनस वितरणपछि कम्पनीले ल्याउने १०० प्रतिशत हकप्रद सेयर सम्बन्धी प्रस्तावसमेत छलफलमा लैजानेछ। शिवम् सिमेन्ट्सले पनि साधारण सभामा २.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांशको प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीको दशौँ वार्षिक साधारण सभा मंसिर २५ गते राष्ट्रिय सभा गृहमा बिहान १०:३० बजे शुरू हुनेछ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह