
काठमाडौं । लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सुझाब दिइएको छ । बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ ले आफ्नो प्रतिवेदनमा लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गनुपर्ने सुझाव दिइएको हो ।
बंगलादेशको उदाहरण दिँदै कार्यदलले ‘स्वतन्त्र नियामक निकाय’ स्थापनाका लागि सुझाव दिएको हो । डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले असार २९ गते बुझाएको प्रतिवेदन मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको हो । प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूलाई अहिले गरेको वर्गीकरण परिमार्जन गरी कार्यक्षमता र स्वास्थ्यका आधारमा ‘प्रथम, दोस्रो् र तेस्रो’ वर्गमा वर्गीकरण गर्न सिफारिस गरेको छ । राष्ट्र बैंकले जेठ ३० गते गठन गरेको उक्त समितिका सदस्यहरूमा राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र पूर्व बैंकर भुवन दाहाल सदस्य रहेका थिए । एक महिनाको अध्ययनपछि उक्त प्रतिवेदन बुझाइएको थियो ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह