
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९३ अकंले बढेर २६४९.३० बिन्दुमा बन्द भएको छ । आज ३३४ कम्पनीको १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोडको कारोबार भएको हो ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.४३ प्रतिशत, विकास बैंक समूहको ०.७९ प्रतिशत, फाइनान्स समूहको २.८७ प्रतिशत, हाइड्रोपावर समूहको ०.१३ प्रतिशतले बढेको छ । मंगलबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने १०३ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावरको २३ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जिवन विकास लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह