
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा पुगेको हो ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा १२९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ । त्यस्तै आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.९२ अंकले बढेर ४५५.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा पाँच अर्ब भन्दा तलको कारोबार भएको छ । आज सेयर बजारमा ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार ७६० कित्ता सेयर ६९ हजार २६१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९० करोड ८० लाख ९४ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह