
काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव नभएको बताएको छ । एनओसीले विज्ञाप्ति जारी गर्दै जाडोयाममा माग धान्न पुग्ने गरी ग्यासको परिमाण रहेको जनाएको हो । यद्दपि, बजारमा केही एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकोले ती उद्योगलाई बजारमा सिलिन्डर आपूर्ती सहज गराई बजार सामान्यकरण गर्न समेत निर्देशन दिई सकिएकाले केही समय भित्रै सामान्यकरण हुने निगमको भनाई छ ।
आयल निगमले प्रेस विज्ञप्तिमा, ‘इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट ग्यास आयातको लागी देशैभरिका उद्योगीहरुलाई निगमले मासिक रुपमा उपलब्ध गराउने Allocation को परिमाण ४९,५०० मे.टन रहेकोमा नोभेम्बर २०२५ मा ४७,२६४ मे.टन, डिसेम्बर २०२५ मा ४८,५३१ मे.टन र जनवरी २०२६ मा ४७,३०४ मे.टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरि आम उपभोक्ता माझ बिक्री वितरण गरिएको छ” उल्लेख छ ।
सो परिमाण ग्यासले जाडोयामको माग धान्न पुग्ने निगमले जनाएकोको छ ।














समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह