
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४ लाख ४८ हजार ३१८ मतसहित तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ८ लाखभन्दा बढी मत ल्याउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्रमशः ३ लाख ७८ हजार र ३ लाख २९ हजारभन्दा बढी मत पाएका छन् । जनता समाजवादी पार्टी, नेपालले १ लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४९७ र जनमत पार्टीले ७८ हजार ९४९ मत प्राप्त गर्न सफल भएका छन् । अहिले पनि मतगणना जारी छ ।













समाचार
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
बाजुरामा दसैँको चहलपहल: बजारमा भीड, खेतमा व्यस्त किसान
नवरात्रको पाचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
मनसुन बाहिरियो, स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलर र युरो सस्तीयो, पाउण्ड मंहगो हुँदा कुन देशको विनिमयदर कति ?