
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट आज ल्याउने भएको छ । आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यतालिका तय भएको छ । फागुन २१ गतेको निर्वाचनपछि बनेको रास्वपा नेतृत्वको सरकारले पहिलो पटक बजेट ल्याउँदैछ । बजेट आउने संघारमा यो सरकारले कस्तो बजेट ल्याउला भन्ने आम चासो रहेको छ ।
गत निर्वाचनका क्रममा पार्टीले प्रस्तुत गरेको वाचापत्र, सरकार गठन भएपछि सार्वजनिक भएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना र सदनमा प्रस्तुत विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका आधारमा बजेट आउने बताइएको छ । चासो र चर्चाकाबीच सरकारले आगामी आवका लागि २२ खर्ब बढीको बजेट ल्याउने चर्चा भइरहेको छ । त्यस्तै यो पटक कर्मचारीको तलब न्यूनतम १५ प्रतिशतले बढाउने, राजस्वको दायरा बढाउने, प्रविधि र निर्यात गर्ने उद्योगलाई करमा छुट दिने, कर्मचारीको तलब बढे अनुसार आयकरको सिलिङ बढ्ने सम्भावना रहेको बताइएको छ ।
यस्तै आयकरमा लाग्ने ३९ प्रतिशतको सिमा घट्ने सम्भावना रहेको स्रोतको भनाइ छ । यस्तै सरकारले आगामी आवको बजेटबाट हाल कायम रहेको अल्पकालीन पुँजीगत लाभकर ७ र दीर्घकालीन ५ प्रतिशतलाई बढाएर ७.५ र १० प्रतिशत पुर्याउने सम्भावना रहेको स्रोतको भनाइ छ । यस्तै सहकारी संस्थाहरुले पालिकाहरुमा तिर्दै आएको कर पनि बढ्ने बताइएको छ ।
४ बजे पेश हुने बजेटका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरिएको छ । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह