
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वीकृत उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समयतालिका सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार यसअघि खुला प्रतिस्पर्धाका लागि आह्वान गरिएको दरखास्तका आधारमा स्वीकृत भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन १७ गते आइतबार मन्त्रालयको सानो सभाहलमा सञ्चालन हुनेछ।
अन्तर्वार्ताका लागि छविराज पोखरेल, कौशल केसी, सञ्जीवकुमार देव, सीए नागेन्द्र साह, सरोजकुमार शर्मा र दिपेन्द्रकुमार देव छनोट भएका छन्।
सार्वजनिक समयतालिकाअनुसार छविराज पोखरेलको प्रस्तुतीकरण बिहान ९ बजे, कौशल केसीको बिहान १० बजे, सञ्जीवकुमार देवको बिहान ११ बजे, सीए नागेन्द्र साहको दिउँसो १ बजे, सरोजकुमार शर्माको दिउँसो २ बजे र दिपेन्द्रकुमार देवको दिउँसो ३ बजे हुनेछ।
मन्त्रालयले उम्मेदवारलाई तोकिएको समयभन्दा कम्तीमा आधा घण्टा अगाडि नागरिकता, शैक्षिक योग्यता तथा कार्यअनुभवका सक्कल कागजातसहित सरकारी उद्योग तथा संस्थान शाखा (कोठा नं. ३०६) मा उपस्थित हुन आग्रह गरेको छ।
सूचनाअनुसार प्रत्येक उम्मेदवारलाई व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न २० मिनेटको समय उपलब्ध गराइनेछ। तोकिएको मिति र समयमा उपस्थित नभएका उम्मेदवारलाई प्रतिस्पर्धामा समावेश नगरिने मन्त्रालयले स्पष्ट पारेको छ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह