
काठमाडौं । बाढी पहिरो तथा डुबानले विद्यालय क्षेत्रमा पु¥याएको क्षतिबारे शिक्षामन्त्रीले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गर्ने भएकी छन् । असोज ११ गतेदेखि परेको भारी वर्षाका कारण विद्यालय क्षेत्रमा पु¥याएको क्षतिबारे शिक्षामन्त्री विद्या भट्टराईले प्रदेश मन्त्रीहरूसँग छलफल गर्न लागेकी हुन् ।
सातै प्रदेशका शिक्षा हेर्ने सामाजिक विकासमन्त्रीहरूसँग असोज २२ गते छलफल गर्न लागिएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए । आजको लागि तय भएको छलफल असोज २२ गतेका लागि सारिएको हो । मन्त्री भट्टराई आज विधेयक समितिको बैठकमा जानुपर्ने भएकाले २२ गतेका लागि बोलाइएको प्रवक्ता भट्टराईले बताए ।
बाढी पहिरो तथा डुबानका कारण देशभरका करिब १५० विद्यालयमा क्षति पुगेको मन्त्रालयको पूर्वानुमान छ । मन्त्रालयले क्षतिको विवरण संकलन गरिरहेको छ । अहिले नै क्षतिको यकिन विवरण आइनसकेको प्रवक्ता भट्टराईले बताए । मन्त्री भट्टराईले प्रदेश मन्त्रीहरूसँग अन्य सरोकारवाला निकायसँग समेत छलफल गर्न लागेकी हुन् । शिक्षा क्षेत्र सरोकार राख्ने निकायहरूसँग क्षतिबारे जानकारी दिनुका साथै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल थालेकी हुन् ।













समाचार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह