
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समयानुकूल परिमार्जन गर्न जरुरी रहेको बताएका छन् । उनले मुलुक सङ्घीयतामा जानुअघि लागू गरिएको रणनीतिलाई संघीयताअनुकूल परिमार्जन गरिनुपर्ने बताएका हुन् ।
कृषि विकास रणनीति कार्यान्वयन समीक्षा र परिमार्जनका लागि काठमाडौंमा आयोजित अन्तक्र्रियामा मन्त्री अधिकारीले जीविकोपार्जनका लागि कृषिकर्म गर्नेहरूलाई पनि व्यावसायिक कृषिमा ल्याउन सक्नेगरी कृषि विकासको रणनीति परिमार्जन आवश्यक रहेकामा जोड दिए । संघीयता लागू भइसकेपछि कृषिको प्राविधिक क्षमता विकास हुनुपर्ने अपेक्षा गरिएकामा किसानको आवश्यकतानुसार समयमै कृषि प्राविधिक पाउन नसकिरहेको मन्त्री अधिकारीले बताए । कृषि क्षेत्रमा बजेट धेरै देखिए पनि अनुदान र मल खरिदमा खर्च हुने गरेकाले कृषिको समग्र विकासका लागि कृषि क्षेत्रमा थप बजेट आवश्यक रहेकामा पनि मन्त्री अधिकारीले जोड दिए ।
विसं २०७२ देखि लागू भएको कृषि विकास रणनीति हाल परिमार्जनको चरणमा छ । रणनीति परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालाबीच छलफल गरी सुझाव लिएको छ । पूर्वसचिव गणेशराज जोशीको संयोजकत्वमा रणनीति परिमार्जनका लागि विज्ञ समूहले कार्य गरेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह