
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले समता स्कुललाई १० लाख रुपैयाँ सहयोग गरेको छ । सबैभन्दा धेरै चुक्तापुँजी रहेको तथा विभिन्न वित्तीय सूचांकमा अब्बल कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो कर्पोरेट रेस्पोन्सीबिलिटी स्वरुप समता एजुकेसन फाउन्डेसनलाई सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण गर्न नेपाल लाइफका संचालक कमलेश अग्रवाल, सीईओ प्रवीण रमण पराजुली तथा नेपाल लाइफका (ब्राण्डीङ हेड) अमित झा उपस्थित भएका थिए । समता एजुकेसन फाउन्डेसनका अध्यक्ष दिपक सन्जेललाई एक समारोहका बीच रु १० लाख नगदको चेक हस्तान्तरण गरिएको हो भने सो स्कूले सस्तो शुल्क (जम्मा १००) रुपैयाँमा नै विद्यालय स्तरको शिक्षा प्रदान गर्दै एक नमुना विद्यालयको रुपमा आफूलाई स्थापित गर्दै आएको छ ।
यता सोही विद्यालयको समाजसेवी कदमको नेपाल लाइफका संचालक अग्रवालले समेत चर्चा गरेका छन् भने कार्यक्रममा नेपाल लाइफका सीईओ पराजुलीले बालबालिका भविष्यको कर्णधार हुने भन्दै उनीहरुलई सहि पथमा मार्ग निर्देशन गर्नु पर्ने तथा सबल जनशक्ती उत्पादनमा विद्यालयको समेत ठूलो भूमिका रहेने जोड दिए ।













समाचार
लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा
फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन्
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
बाजुरामा दसैँको चहलपहल: बजारमा भीड, खेतमा व्यस्त किसान
नवरात्रको पाचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
मनसुन बाहिरियो, स्थानीय वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
डलर र युरो सस्तीयो, पाउण्ड मंहगो हुँदा कुन देशको विनिमयदर कति ?