नेपाल एसबिआई बैंकलेको साधारणसभा पुस २१ गते, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो ३१ औं वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले ३१ औँ साधारणसभा पुस २१ गतेका लागि बोलाएको हो ।

बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको छ । सभामा बैंकले हाल कायम चुक्ता पुँजीको आधारमा ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गर्नेछ ।

त्यस्तै गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

त्यसैगरी अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा पुस ८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार