नेशनल हाइड्रोपावरको साधारणसभा आज

काठमाडौं । नेशनल हाइड्रोपावरले को साधारण सभा आज वस्दैछ । कम्पनीले दुई आर्थिक वर्षको साधारणसभा एकै पटक गर्न लागेको हो ।
कम्पनीको २७औं र २८औं वार्षिक साधारणसभा आज एकैपटक बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । यस कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन ।

सभामा गत दुई आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, गत आवको लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने तथा चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ ।
त्यसैगरी सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र रिक्त २ पदमा सञ्चालक नियुक्ति गर्ने एजेण्डा पनि सभाका लागि तय गरिएको छ । लगानी र कर्जा अनुमोदन गर्ने तथा हकप्रद शेयरबाट प्राप्त रकमको अन्तिम बाँडफाँडको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले मंसिर १९ गते बुक क्लोज गरिसकेकाले मंसिर १८ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार