काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको हो ।
क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन आह्वान गरेको थियो । छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए ।

