
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेरै राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको प्रतिरक्षा गरेका छन् । लम्बेतान भाषण गर्ने आफ्नै शैली बदल्दै १५ मिनेटभित्र कुरा सिध्याएका ओलीले सरकारको कामलाई गति दिन अध्यादेश आवश्यक परेको प्रष्टोक्ति दिएका छन् ।
‘सरकार टिकाउने मात्र हाम्रो काम होइन, टिक्न त टिकिहाल्छन् नि यत्रो मजबुत सरकार ! तर यसलाई सफल बनाउनुछ, काम गरेर । त्यसका निम्ति अध्यादेश आवश्यक भए र अध्यादेश हामीले ल्यायौं । यसमा कुनै प्रकारको कतै भ्रम नरहे हुन्छ,’ प्रधानमन्त्री ओलीको जवाफ छ ।पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री ओलीले एकसाथ दुई सन्देश दिएका छन्, पहिलो– अध्यादेशको प्रतिरक्षा, र दोस्रो– सत्ताको स्थायित्व ।
प्रधानमन्त्री ओलीले लगभग सम्बोधनभर अध्यादेश ल्याउँदा सत्ता सहयात्रीबीच कुनै समस्या नरहेको तर्क गरेका छन् । विशेष गरी नेपाली कांग्रेससँग सम्बन्ध ठिकठाक रहेको प्रधानमन्त्रीको विश्वास थियो । ‘यी अध्यादेशहरू बाहिर कताकति चर्चा गरिए जस्तो, ..यति वटा जारी भए, यति वटा राष्ट्रपतिबाट रोकिए भन्ने…’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिले अध्ययन गर्नुहुन्छ नि त, अध्ययन गर्न लगाउनुहुन्छ, त्यसपछि उहाँले जारी गर्नुहुन्छ । कति मसान्तकै दिन भ्याउनुभयो । कति बाँकी रह्यो, भूमि सम्बन्धी अध्यादेश बाँकी रहेकोलाई रोकियो भन्ने ? शब्द नै मिलेन । अपव्याख्या हो, त्यसरी व्याख्या गर्न खोजियो ।’
सत्तारुढ दलहरूबीचको पूर्ण सहमतिमा अध्यादेश आएकाले सरकार ढल्नेबारे भइरहेको चर्चा पनि खण्डित हुने प्रधानमन्त्री ओलीको तर्क थियो । ‘यी अध्यादेशहरूले जवाफ दिएका छन् । स्पष्ट पारेका छन्, यी सरकार परिवर्तन गर्न सक्छु भन्ने, एउटा विशाल नदीको किनारमा बसेर यत्रायत्रा ढुंगा फाल्ने, के गरेको भन्दा यसलाई थुन्ने ?’













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना