
काठमाडौं । सोलुखुम्बु जिल्लाको माप्य–दुधकोशी गाउँपालिकाबाट २०८१ मा प्रवेशीका (एसइइ) र विभिन्न तह उत्तीर्ण शर्पा विद्यार्थीहरु सम्मानित भएका छन् । शेर्पा समाज, माप्य दुधकोशीद्धारा ग्याल्पो ल्होसारको अवसरमा एक कार्यक्रम आयोजना गरी शेर्पा विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा उत्कृष्ठ जिपिए ल्याउने लाक्पा डोमा शेर्पा, ग्याल्जेन शेर्पा, लाक्पा डोमा शेर्पा छन् । त्यस्तै, दशजोड दूईमा डोमा शेर्पा उत्कृष्ठमा छनौट भएका छन् भने स्नातक तहमा उत्कृष्ठ अंक ल्याउने दिकी डोल्मा शेर्पालाई पनि नगदसहित सम्मान गरेको संस्थाले जनाएको छ । विद्यार्थीहरुलाई जनही १० हजार, ७ हजार र ५ हजार प्रदान गरिएको छ । अन्यलाई जनही १० हजार प्रदान गरिएको छ ।
हिमाली बौद्ध धर्मावलम्बीहरुको महान चाड २१५२ सिङ मो डुल लोको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमका साथमा राजधानीको रामनगरमा आयोजित कार्यक्रम रक्षा मन्त्री मानवीर राई को प्रमुख आतिथ्यतामा सम्पन्न भएको अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पा लगायतले ग्याल्पो लोसारको शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको ल्होसार संयोजक उपाध्यक्ष लामा दावा शेर्पाले जानकारी दिए ।
अनौपचारिक सत्रमा संस्थाका कलाकारहरुले शेर्पा संस्कृतिमा आधारित श्याब्रु नृत्य प्रस्तुत गरे । त्यस्तै, ख्याती प्राप्त कलाकार र डिजे सोनामले सहभागिलाई मनोरञ्जन प्रदान गरेको पत्रकार सोनाम याङजी शेर्पाले जानकारी दिइन् ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने