काठमाडौं । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको बजार आज २५ दशमलव १६ अंकले घटेर कारोबार बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २८२१ दशमलव १३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६२ कम्पनीको मात्रै बढेको छ ।
त्यस्तै ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ७० अंकले घटेर ४६९ दशमलव ५६ विन्दुमा पुगको छ । आज १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ भने एउटाको सेयर मूल्य मात्रै बढेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन १२ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०८ कम्पनीका २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १ लाख १ हजार ६०३ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
३ कम्पनीमा सकारात्मक सर्किट
बुधाबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा ती नकम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयर बजार कारोबार बन्द हुँदा समाजल लघुवित्त, गार्डियन माइक्रो लाइफ र उन्नति सकार्य लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा समाज लघुवित्तको सेयर मूल्य २६९ रुपैयाँ ८० पैसाले बढेर २ हजार ९६८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । त्यस्तै आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य पनि १३८ रुपैयाँ २० पैसाले बढेर १ हजार ५२० रुपैयाँ २० पैसा पुगेको छ । यो पनि अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।
त्यस्तै आज उन्नति सहकार्य लुघवित्तको सेयर मूल्य पनि १७४ रुपैयाँले बढेर १ हजार ९२२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९५ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै सेयर मूल्य बढ्ने पाँच कम्पनीमा माउन्टेन हाइड्रो नेपाल लिमिटेडको सेयर मूल्इ २४ रुपैयाँ ७० पैसाले ३०४ रुपैयाँ ९० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.८२ प्रतिशतले बढी हो । गुराँस लघुवित्तको सेयर मूल्य पनि आज ७.४२ प्रतिशत अर्थात् २३० रुपैयाँ ३० पैसाले बढेर ३ हजार ३३३ रुपैयाँ ३० पैसा पुगेको छ ।
धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनी
बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द भयो । सेयर बजार घटेको दिन आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, उपकार लघुवित्त, मनकामना इन्जिनियरिङ र नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२ रहेका छन् ।
आजको कारोबार बन्द हुँदा ग्रिन डेभलपमेन्ट बैैंकको सेयर मूल्य ९९ रुपैयाँ ९० पैसाले घटेर १ हजार ३६० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.८४ प्रतिशतले कम हो । त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि आज ५.५१ प्रतिशत अर्थात् ७० रुपैयाँले घटेर १ हजार २०० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज उपकार लघुवित्तको सेयर मूल्य २१० रुपैयाँले घटेर ४ हजार २१० रुपैयाँ पुगको छ । यो अघिल्लो दिनको भन्दा ४.१० प्रतिशतले कम हो । आज नेपाल इन्भेष्टमेन्ट डिबेन्चरको सेयर मूल्य ३.९५ प्रतिशत अर्थात् ४३ रुपैयाँ १० पैसाले घटेर १ हजार ४६ रुपैयाँ ९० पैसा पुगेको छ ।