
तनहुँ । जिल्लाको व्यास नगरपालिका–१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ ।शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले विसं २०७४ मा निर्माण गरिएको सो केन्द्र प्रयोगविहीन भएको हो । तत्कालीन साना सहरी तथा खानेपानी आयोजनाले सरसफाइ कार्यक्रमअन्तर्गत १२ करोड रूपैयाँ विनियोजन गरेको थियो । जसमा दमौली बजार क्षेत्रमा आठ किलोमिटर पक्की नाला निर्माण, फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकालाई एक थान टिपर, सार्वजनिक शौचालय निर्माण र मलमूत्र व्यवस्थापन रहेको थियो ।
उक्त मलमूत्र व्यवस्थापनका लागि मात्रै करिब ४ करोड लगानी भएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक अमर गिरीले जानकारी दिए । नेपाल सरकारको ८५ र १५ प्रतिशत स्थानीय तहको लगानीमा मलमूत्र व्यवस्थापन केन्द्र निर्माण गरिएको हो । निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले निर्माणबापत अझै ८० लाख रूपैयाँ पाउन बाँकी रहेको जनाएको छ ।
निर्माण सम्पन्न भएपछि व्यास नगरपालिकालाई हस्तान्तरण नगर्दा सो केन्द्र प्रयोगविहीन बन्न पुगेको व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । ‘सङ्घीय सरकारबाट सुरु गरेको योजना त्यही वर्ष सम्पन्न हुनुपर्नेमा अर्को वर्ष मात्रै सम्पन्न भयो, संविधान निर्माण भएपछि कसको जिम्मा रहने भन्ने अन्योलले अलपत्र बन्न पुगेको हो’, उनले भने । नगरप्रमुख न्यौपानेले बनेको संरचनालाई प्रयोगमा ल्याउन नगरपालिका गम्भीर रहेको बताए ।













समाचार
डिजिटल भुक्तानी प्रणाली सुरक्षित बनाउन भुक्तानी तथा फर्छ्यौट ऐन संशोधन प्रस्ताव
उद्योगमन्त्री भन्छिन्- सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ
यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ
नेपाली फूललाई विश्व बजारसम्म पुर्याउने गरी नीति तथा कार्यक्रम आवश्यक: अध्यक्ष श्रेष्ठ
कालिञ्चोक दर्शनको लाभांश घोषणा
सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब माथि
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ