स्पेनिस ला लिगा : रियलको संघर्षपूर्ण जित 

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । गए राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा किलियन एमबाप्पेले दुई गोल गरे । अर्डा गुलेरले पनि गोल गरेपछि रियलले दोस्रो हाफको सुरुमै ३–० को अग्रता बनाएको थियो । तर, अन्त्यतिर दुई गोल फर्काउँदै सेल्टाले खेलमा पुनः फर्किने प्रयास गरे पनि सफल रहन सकेन ।

यो जितपछि रियल तालिकामा फेरि बार्सिलोनाभन्दा चार अंकले पछि रह्यो । दुवै टोलीबीचको अन्तिम ‘एल क्लासिको’ खेल आगामी आइतबार बार्सिलोनामा हुनेछ । शनिबार बार्सिलोनाले पुछारको टोली भालाडोलिडविरुद्ध २–१ को जित निकाल्दै शीर्ष स्थान कायम राखेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार