काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । गत सात पनि करिब २ प्रतिशतले घटेको सेयर बजार आज २ दशमलव ७९ अंकले घटेको हो ।
आज नेप्से परिसूचक २६०९ दशमलव ०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ८३ अंकले घटेर ४३८ दशमलव १७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य बढेको छ भने १० वटाको घटेको छ ।
परिसूचक घटे पनि आज कारोबार रकममा भने सुधार देखिएको छ । अहिल्लो दिन ७ अर्बमा सीमित रहेको कारोबार आज साढे ८ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०९ कम्पनीका १ करोड ६९ लाख ७ हजार ७३७ कित्ता सेयर ७९ हजार ८९३ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५० करोड ९२ लाख २१ हजार ३१२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।