बौद्ध धर्म, विश्वका प्रमुख धर्महरूमध्ये एक, शान्ति, करुणा र चित्त जागरणमा आधारित छ। बौद्ध धर्ममा प्रवेश गर्न चाहनेहरूले केही आधारभूत सिद्धान्तहरू बुझ्नु आवश्यक छ । बौद्ध धर्मको मूलमा गौतम बुद्धका उपदेशहरू छन्, जसले जीवनको दुख, त्यसको कारण र मुक्तिको मार्ग सिकाउँछन् ।
बौद्ध धर्ममा पहिले, चार आर्य सत्य बुझ्नु जरुरी छ । जीवनमा दुख छ, दुखको कारण तृष्णा (लालसा) हो, दुखको अन्त्य सम्भव छ, र त्यसका लागि अष्टाङ्गिक मार्ग अवलम्बन गर्नुपर्छ । अष्टाङ्गिक मार्गमा सम्यक् दृष्टि, सङ्कल्प, वचन, कर्म, जीविका, प्रयास, ध्यान र समाधि पर्छन्, जसले नैतिक जीवन र ध्यानको अभ्यास सिकाउँछ ।
दोस्रो, कर्म र पुनर्जननको अवधारणा पनि बौद्ध धर्मको महत्वपूर्ण पक्ष हो । बौद्ध धर्मअनुसार, हाम्रा कर्मले भविष्य र पूनर्जन्मको जीवनलाई प्रभावित गर्छ । साथै, निर्वाण—तृष्णा र दुखबाट मुक्ति—बौद्ध धर्मको अन्तिम लक्ष्य हो ।
तेस्रो, पञ्चशील (पाँच नैतिक नियमहरू) पालना गर्नु प्रारम्भिक अभ्यास हो । यसमा हिंसाबाट टाढा रहने, चोरी नगर्ने, व्यभिचार नगर्ने, झूट नबोल्ने र नशालु पदार्थबाट टाढा रहने नियम समावेश छन् ण्
।
अन्तमा, ध्यान (विपश्यना वा समथ) र करुणामय जीवनशैली बौद्ध धर्मको आधार हुन् । बौद्ध धर्ममा प्रवेश गर्न कुनै औपचारिक संस्कार आवश्यक पर्दैन, तर यी सिद्धान्तहरूको अध्ययन र अभ्यासले मार्ग प्रशस्त गर्छ । गुम्बा, बौद्ध विहार वा बौद्ध धर्मगुरुहरुको मार्गदर्शनले पनि सहयोग पु¥याउँछ ।