टप इन्ड टी–२० सिरिज : नेपालको लगातार दोस्रो हार

काठमाडौं । नेपालले टप इन्ड टी–२० सिरिजमा लगातार दोस्रो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा बंगलादेश ‘ए’ सँग नेपाल ३२ रनले पराजित भएको हो ।

बंगलादेशले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर ब्याटिङ गर्दै सात विकेट गुमाउँदै १५४ रन बनायो । पहिलो खेलमा नेपाल स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो । नेपालका कुशल मल्लले अविजित रहँदै सर्वाधिक ५९ रन बनाए। ४७ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे ।

आसिफ शेख २८, लोकेश बम १५, कुशल भुर्तेल १२ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए । नन्दन यादव १४ रनमा अविजित रहे । बंगलादेशका राकिब उल हसनले सर्वाधिक तीन विकेट लिए । हसन महमदले दुई तथा तुफ्याल अहमद र रिपोन मण्डलले समान एक विकेट लिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार