एनएमएमा निर्वाचित भएकोमा अध्यक्ष दावा र सचव दिकी शेर्पालाई नेपाल माउन्टेन लिडर एसोसिएसनले दियो बधाइ

नेपाल माउन्टे लिडर एसोसिएसनले नेपाल पर्वतारोहण संघ (एनएमए) मा निर्वाचित भएका दुई जनलाई बधाइ ज्ञापन गरेको छ । एसोसिएसनले संघमा निर्वाचित भएका एसोसिएसनका अध्यक्ष दावा टसि शेर्पा र सचिव दिकी शेर्पालाई बधाइ ज्ञापन गरेको हो ।

एसोसिएसनले आज एक कार्यक्रमका बीच दुवै जनलाई बधाइ ज्ञापन गरेको हो । दिकी शेर्पा संघको कार्यसमिति सदस्यमा निर्वाचित भएकी हुन् भने अध्यक्ष दावा टसि शेर्पा बूक होल्डर सदस्यमा निर्वाचित भएका हुन् । दिकीले २८८ मत पाएकी थिइन् भने दावाले २४४ भोट पाएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार