काठमाडौं ।नेपाल धितोपत्र बोर्ड (सेबोन) को इमेल आइडी ‘ह्याक’ भएको छ । ५ दिनदेखि आइडी सञ्चालन गर्न नसकिएको बोर्डले जनाएको छ । गत शनिबारदेखि ह्याक भएको इमेल अझै रिकभर हुन नसकेपछि सेबोनले बुधबार सूचना निकालेको हो ।
सूचना निकाल्दै सेबाेनले इमेलमा प्राविधिक समस्या आएकाले फेरि सञ्चालनका लागि काम भइरहेको जनाएको छ।