फेसबुक अझै सम्पर्कमा आएन्, ट्विटर (एक्स) ले पठायो मन्त्रालयलाई मेल

काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयसँगै सामाजिक सञ्जाल ‘एक्स’ अर्थात् ट्विटर सम्पर्कमा आएको छ । ट्विटरको सिङ्गापुरमा रहेको कार्यालयबाट सञ्चार मन्त्रालयमा पत्राचारको इमेल प्राप्त गरेको तर अन्य कागजात पूर्णरूपमा आइनसकेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

उनको अनुसार इमेल प्राप्त हुनासाथ जवाफ पनि पठाइसकिएको छ । फेसबुकबाट भने आज दिउँसोसम्म आधिकारिक रूपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए । अहिलेसम्म नेपालमा दर्ता नभएका त्यस्ता प्लेटफर्मले सूचीकरणका लागि निवेदन दिए आवश्यक प्रक्रिया पूरा भएपछि निष्क्रिय सूचीबाट हट्न सक्ने ठाकुरको भनाइ छ ।

विभिन्न २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गराउन सरकारले हिजो सम्बन्धित निकायमा आग्रह गरेको थियो । त्यसमा फेसबुक, म्यासेन्जर, इन्टाग्राम, युट्युब, ह्वाटसएपलगायतका सामाजिक सञ्जाल छन् । यसअघि नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार