मञ्जुश्री फाइनान्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले कर प्रयोजनका लागि समेत हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको आज असोज ७ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफा तथा वित्तीय विवरणको आधारमा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार