भगवती हाइड्रोपावरको साधारणसभा आज

काठमाडौं । भगवति हाइड्रोपावरको साधारणसभा आज बस्दैछ । कम्पनीको २५ औँ साधारणसभा आज पोखराको आव्या क्बलममा बिहान ११ बजेदेखि सुरु हुने भएको हो ।

सभाले चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर तिर्न ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, १ जना महिला र स्वतन्त्र सहित सहित ७ जनाको सञ्चालक समिति कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी जारी पुँजी वृद्धि गर्ने, सञ्चालकमा नियुक्ति हुन कम्तीमा १०० कित्ता सेयर लिएको हुनुपर्ने र यसका लागि तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएको छ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसको आधारमा असोज २० गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार