प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से

काठमाडौं । तिहार पछिको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमो नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.४० अंकले घटेर २५०३.४४ विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.३२ अंकले घटेर ४३७.२८ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १७ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य बढेको छ । त्यस्तै यो सेसनमा ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आजको प्रि ओपन सेसनमा १ करोड माथिको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा २८ कम्पनीका २५ हजार ८१२ कित्ता सेयर ५३ पटक खरिद बिक्री हुँदा १ करोड ३५ लाख ६१ हजार ९९५ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार