तिहार पछिको पहिलो दिन सेयर बजारमा सामान्य सुधार, कारोबार रकम साढे २ अर्बमा सिमित

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन तथा तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज सेयर बजार परिसूचक ५.१९ अंकले बढेर २५०९.०४ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १४६ कम्पनीको सेयर मूल्य घटेको छ भने ९८ कम्पनीको सेयर मूल्य आज बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.६० अंकले घटेर ४३७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको सेयर मूल्य बढेको छ ।

परिसूचक बढेको दिन कारोबार रकम साढे २ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता सेयर २७ हजार ८९९ पटक खरिद बिक्री हुँदा २ अर्ब ६६ करोड १३ लाख २ हजार २८४ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार