एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइवाक टावरमा २५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वन्डर्स नेपालद्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा एमबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार