सेबोनका कर्मचारीले मागे अध्यक्षको राजीनामा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का कर्मचारीहरुले अध्यक्ष सन्तोषनारायण श्रेष्ठको राजीनामा माग गरेका छन् । कर्मचारीको हकहितको लागि अदालत नगएको भन्दै लामो समयदेखि आन्दोलनमा रहेका बोर्डका कर्मचारीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै बोर्ड अध्यक्ष श्रेष्ठको राजीनामा माग गरेका हुन् ।

जेनजी आन्दोलनपछि अर्थ मन्त्रालयले ‘नेपाल धितोपत्र बोर्ड कर्मचारी कल्याण कोष कार्यविधि, २०७१, र नेपाल धितोपत्र बोर्ड कर्मचारी सुरक्षण कोष (संञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ खारेज गरेपछि बोर्डका कर्मचारीहरु आन्दोलनमा रहेका छन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार