साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्ब माथि 

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । आज सेयर बजार ११.२९ अंकले घटेर २५९६.१२ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ७७ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०८ अंकले घटेर ४५१.५२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको सेयर मूल्य मात्रै बढेको छ ।

साताको अन्तिम दिनको कारोबार दिन ५ अर्ब माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका १ करोड ८ लाख ६८ हजार १४६ कित्ता सेयर ५० हजार ४३७ पटक खरिद बिक्री हुँदा ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३५७ रुपैयाँको कारोबार भएको छ ।

आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको छ भने एक कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार