सोल्टी होटल र साहस उर्जाको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोल्टी होटल र साहस उर्जाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोल्टीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ५४६ रुपैयाँलाई आधार बनाएर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात सोल्टीको मूल्य ४७४.७८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, साहस उर्जाको २१ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएपछि भाउ ५५५.३७ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ६७२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार