एक दिन पनि टिकेन सेयर बजारको वृद्धि, कारोबार साढे ३ अर्ब माथि 

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन नेप्से परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन एकल अंकले बढेको बजार आज एकल अंकले नै घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक ७.८६ अंकले घटेर २६०६.२० विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६९ वटाको सेयर मूल्य घटेको छ भने ७९ कम्पनीको सेयर मूल्य बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ०.८६ अंकले घटेर ४४६.१८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने १ वटाको मात्रै बढेको छ ।

परिसूचक घटेको दिन आज सेयर बजारमा ३ अर्ब ७३ करोड माथिको कारोबार भएको छ । आज ३२९ कम्पनीका ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर ९१ हजार ३९४ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ३ कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार