काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आर्मीमा प्राविधिक, हवाई, विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरूमा ३८८ जनाका लागि नयाँ भर्ना खुलाएको हो ।
सेनाले सैनिक स्वास्थ्य, सैनिक इन्जिनियरिङ्ग, अन्य प्राविधिक, अन्य हवाई, लेखा, पुजारी, कर्मचारी समूहमा नयाँ भर्ना खुलाएको हो । यसमा आज मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ ३ गतेसम्म आवेदन दिन सकिनेछ ।
दरखास्त नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भर्याङ्ग, स्वयम्भुमा पेश गर्नु पर्नेछ । सम्बन्धित समूहहरूका लागि तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले आवेदन दिन सक्नेछन् ।

