सेयर बजारमा सामान्य अंककाे सुधार, ३ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारका दिन बढेर बन्द भएको छ । आज नेप्से  ६.७४ अकंले बढेर २५०१.६१ बिन्दुमा बन्द भएको हो। आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज पाँच उपसूचक राताम्य भएका छन ।  ८ उपसूचकमा हरियाली आएको छ । फाइनान्स समूहको सेयर सर्वाधिक ०.९० प्रतिशतले बढेको छ।

सोमबार १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार