काठमाडौं । अमर न्यौपानेको मदन पुरस्कारप्राप्त कृति ‘सेतो धरती’ अंग्रेजीमा अनुवाद भएको छ । प्रकाशक फाइन प्रिन्टले शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा उक्त कृतिको अंग्रेजी संस्करण सार्वजनिक गरेको हो ।
‘सेतो धरती’को अंग्रेजी नाम ‘अ ह्वाइट लाइफ’ राखिएको छ । ‘सेतो धरती’को अनुवाद निरञ्जन कुँवरले गरेका हुन् । नेपाली उत्कृष्ट कृतिलाई विश्वबजारमा लैजाने उद्देश्यले ‘सेतो धरती’ अनुवाद गरिएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ ।