काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेर कारोबार भएको छ । अघिल्ला दिन दोहोरो अंकले घटेको सेयर बजार आज भने ३.२७ अंकले बढेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २५८४.४९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । आज ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५७ अंकले बढेर ४४७.५८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मुल्य घटेको छ ।
परिसूचक सामान्य बढेको दिन सेयर बजारमा साढे ३ अर्ब भन्दा कमको कारोबार भएको छ । आज ३२८ कम्पनीका ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर ९२ हजार ७४६ पटक कारोबार हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ रुपैयाँको कारोबार भएको छ ।