
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्ना १० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ साल बैसाख १ गतेदेखि ती शाखाहरूलाई नजिकैका अन्य शाखामा गाभी एकीकृत रूपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार बागमती, मधेश, कोशी र गण्डकी प्रदेशअन्तर्गतका केही शाखाहरू आपसमा समायोजन गरी कारोबार सञ्चालन गरिनेछ । बागमती प्रदेशमा बागबजार शाखा पुतलीसडक शाखामा, गौशला शाखा बत्तिसपुतली शाखामा, कपुरधारामा रहेको ठमेल शाखा, पाटन शाखा लगनखेल शाखामा तथा कुलेश्वर शाखा कालीमाटी शाखामा गाभिनेछ । यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको नारायणगढ शाखालाई वडा नम्बर ३ मा समायोजन गरिने बैंकले जनाएको छ ।
मधेश प्रदेशतर्फ वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ मा रहेको शाखा वडा नम्बर १० मा स्थानान्तरण हुनेछ भने कोशी प्रदेशमा विराटनगर महानगरपालिका वडा नम्बर ८ को शाखा वडा नम्बर ७ मा गाभिनेछ । गण्डकी प्रदेशमा पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको बझापाटन शाखा वडा नम्बर १० मा रहेको अमरसिंह शाखामा समायोजन गरिनेछ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको लेखनाथ शाखा वडा नम्बर २७ स्थित तालचोक शाखामा गाभिने भएको छ ।














समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह