सेयर बजारमा उच्च अंकको वृद्धि, करिब १४ अर्ब माथिको कारोबार 

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । आइतबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा २.१२ प्रतिशतले धेरै हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २४० कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।  सेयर बजारमा हरियाली कायम भएको दिन सेन्सेटिभ इन्डेक्स पनि ८.०५ अंकले बढेर ४७३.४८ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा करिब १४ अर्बको कारोबार भएको छ । आज सेयर बजारमा ३३१ कम्पनीका ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर १ लाख ३३ हजार ५२९ पटक खरिद बिक्री हुँदा १३ अर्ब ७८ करोड ५७ लाख २९ हजार ६४५ रुपैयाँको कारोबार भएको छ ।  सेयर बजार उच्च अंकले बढेको दिन सेयर बजारमा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार