काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १०५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा ३ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदीको मूल्य १०५ रुपैयाँले बढेर ६ हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ६ हजार ७६५ रुपैयाँ रहेको थियो ।