सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको ३ लाख ४० हजार नजिक

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको रेकर्ड तोड्दै आज सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकै दिन २० हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा ३ हजार १८ हजार ८०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार