काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ४० पैसा र बिक्रीदर १४५ रूपैयाँ कायम भएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा रहने छ ।
यस्तै, आज पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रूपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रूपैयाँ ७३ पैसा, स्विस फ्य्राङ्क एकको खरिददर १८५ रूपैयाँ ८९ पैसा र बिक्रीदर १८६ रूपैयाँ ६६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रूपैयाँ २८ पैसा र बिक्रीदर १०१ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रूपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११३ रूपैयाँ ५० पैसा र बिक्रीदर ११३ रूपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा र बिक्रीदर ९ रूपैयाँ २५ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ८० पैसा र बिक्रीदर २० रूपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ४ रूपैयाँ ५६ पैसा र बिक्रीदर ४ रूपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८८ पैसामा विनिमय हुनेछ । दक्षिण कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ९१ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ १० पैसा र बिक्रीदर १६ रूपैयाँ १७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ८३ पैसा र बिक्रीदर २२ रूपैयाँ ९३ पैसा तोकिएको छ ।
त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४९ पैसा र बिक्रीदर १८ रूपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४७२ रूपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रूपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ६२ पैसा, ओमनी रियाल एकको खरिददर ३७५ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३७६ रूपैयाँ ६५ पैसा रहेको छ । भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।