७ महिनामा ११ खर्बको आयात, डेढ खर्बको निर्यात

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ सात महिना (साउन–माघ)मा आयात र निर्यात दुबै बढेको छ । भन्सार विभाग अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघसम्म निर्यात ३२.१९ प्रतिशत र आयात १३.६५ प्रतिशतले  वृद्धि भएको छ ।

विभागका अनुसार चालु आवमा ११ खर्ब  २३ अर्ब ४८ करोड ६२ लाख रुपैयाँको आयात भएको छ । जुन गत आवको तुलनमा १३.६५ प्रतिशतले बढी हो। गत आवमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयँको आयात भएको थियो ।

त्यस्तै,निर्यात ३२.१९ प्रतिशतले बढेको छ । निर्यात १ खर्ब ६८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा निर्यात १ खर्ब  २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ थियो।

त्यसैगरी, निर्यात बढे पनि व्यापार भने घाटामा रहेको छ । ७ महिनामा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १०.९१ प्रतिशत बढी हो। गत आवमा व्यापार घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ थियो ।

यस अवधिमा आयात–निर्यात अनुपात भने घटेको छ। अघिल्लो वर्ष ७.७७ रहेको आयात–निर्यात अनुपात चालु वर्षमा घटेर ६.६८ मा झरेको छ । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ११.४० प्रतिशतबाट बढेर १३.०२ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ८८.६० प्रतिशतबाट घटेर ८६.९८ प्रतिशतमा सीमित भएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार