कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै ललितपुर १ बाट रास्वपाका महर्जन विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जन निर्वाचित भएका छन्। नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणालाई १० हजार मतान्तरले हराउँदै महर्जन विजयी भएका हुन्।

महर्जनले २३ हजार ३७३ मत पाइ विजयी हुँदा राणाले १३ हजार ५२० मत पाएका छन्। यहाँ नेकपा एमालेका चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत पाए। महर्जन अघिल्लो चुनावमा रास्वपाबाट ललितपुर क्षेत्र नम्बर २ मा उम्मेदवार भए पनि एमालेसँग पराजित भएका थिए। गत चुनावमा यही क्षेत्रबाट कांग्रेसका राणा निर्वाचित भएका थिए।

उनी २०७० मा पनि निर्वाचित भएका थिए। तर, २०७४ मा भने एमालेका नवराज सिलवालले राणालाई हराउँदै सो क्षेत्रबाट निर्वाचित भएका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार