नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लिलामी बिक्रीमा, मूल्य कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहतर्फको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर लिलाम बिक्रीमा राखिएको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँमा उक्त सेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको हो । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ताका लागि पेश गर्नु पर्नेछ ।

सेयर किन्न इच्छुकले चैत ५ गतेदेखि चैत १९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यस्तो बोलपत्र काठमाडौंको नक्साल, नारायणचौरस्थित नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा प्राप्त गर्न र बुझाउ सकिनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार