साताभरमा सुनको मूल्य ८०० रुपैयाँले बढ्यो 

काठमाडौं । यो साता सुनको मूल्यमा सामान्य बढेको छ । नेपाली बजारमा यो साता सुनको मूल्य ८०० रुपैयाँले महंगो भएको हो ।

फागुन २२ गते शुक्रबार देखि फागुन २९ गते शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य ८०० रुपैयाँले मात्र बढेको देखिन्छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत फागुन २२ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ लाख १३ हजार ४०० रुपैयाँ रहेको थियो । फागनु २९ गते शुक्रबार आइपुग्दा सुनको मूल्य ८०० रुपैयाँले बढेर ३ लाख १४ हजार २०० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार, शुक्रबारको तुलनामा फागुन २४ गते आइतबार सुनको मूल्यमा ३ हजार ५०० रुपैयाँ बढ्यो । त्यसदिन सुनको मूल्य ३ लाख १६ हजार ९०० पुगेको थियो । त्यस्तै, फागुन २५ गते सोमबार सुनको मूल्य घटेर ३ लाख १३ हजार २०० रुपैयाँमा झरेको थियो । फागुन २६ गते मंगलबार सुनको मूल्य पुनः बढ्यो । त्यसदिन ३ लाख १७ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । फागुन २७ गते बुधबार पुनः बढेर ३ लाख १९ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै, फागुन २८ गते बिहीबार सुनको मूल्य घटेर ३ लाख १७ हजार रुपैयाँमा झरेको थियो भने फागुन २९ गते शुक्रबार एकैचोटी २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार